रौतहट, फागुन ५ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सोही क्रममा नेपाली सेनाको नारायणदल गणले सोमबारदेखि जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मोटरसाइकल पेट्रोलिङ सुरु गरेको जनाएको छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गणले पैदल, सवारीसाधन तथा मोटरसाइकलमार्फत नियमित गस्ती सुरु गरेको हो । जिल्लाका मुख्य चोक, सीमा नाकाहरू, संवेदनशील बस्ती तथा विगतमा चुनावी गतिविधि प्रभावित भएका स्थानहरूमा विशेष निगरानी बढाइएको सेनाले जनाएको छ ।
जिल्ला सुरक्षा समितिका प्रमुख प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललेका अनुसार निर्वाचन सुरक्षालाई लक्षित गदरौतहटका सबै पालिकामा नेपाली सेना तैनाथ गरि निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबीच समन्वयात्मक रूपमा संयुक्त सुरक्षा अभियान सञ्चालन भइरहेको बताउनुभयो । नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन दिन तथा रात दुवै समयमा तीनवटै सुरक्षा निकायको संयुक्त पेट्रोलिङलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।
‘निर्वाचनलाई लक्षित गरी सम्भावित अवाञ्छित गतिविधि, आपराधिक चलखेल तथा मतदातामा त्रास सिर्जना गर्ने प्रयासलाई रोक्न अग्रिम सुरक्षा रणनीति अपनाइएको छ । मोटरसाइकल पेट्रोलिङ विशेषगरी दुर्गम तथा भित्री बस्तीहरूमा छिटो पहुँच पु¥याउने उद्देश्यले सञ्चालन गरिएको हो ।’ प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो ।
नेपाली सेनाले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउने र आवश्यक परेमा थप जनशक्ति परिचालन गर्ने योजना बनाएको छ। निर्वाचन सामग्री ढुवानी, मतदान केन्द्रको सुरक्षा तथा मतपेटिका ओसारपसारमा समेत सुरक्षाकर्मीहरू खटिने जनाइएको छ । स्थानीय बासिन्दाहरूले नेपाली सेना सहितको सुरक्षा निकायको सक्रिय उपस्थितिले चुनावी वातावरण शान्त र सुरक्षित बन्ने अपेक्षा व्यक्त गरेका छन् ।
रौतहटमा नारायणदल गणद्वारा मोटरसाइकल पेट्रोलिङ सुरु
प्रकाशित:
शब्दको आकार
Comments