Skip to content

रिटर्नी फेडेरेसन नेपालको आयोजनामा चन्द्रपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Messenger_creation_8A6891FB-DB9E-4C93-9968-C91F1973B241
प्रकाशित:
शब्दको आकार

रौतहट, असार १४ ।रिटर्नी फेडेरेसन नेपालको मधेश प्रदेशको आयोजनामा रौतहटको चन्द्रपुरस्थित शहिद पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। जननेता कमरेड मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका रिटर्नीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका महासचिव खेम कार्की, केन्द्रीय सचिव सीता बस्याल, मधेश प्रदेश अध्यक्ष दीपक कुमार श्रेष्ठ, प्रदेश सचिव नवराज बिष्ट लगायत संगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रिटर्नी फेडेरेसन नेपालका महासचिव खेम कार्कीले वृक्षारोपण वातावरण संरक्षणसँगै भावी पुस्ताप्रतिको जिम्मेवारी भएको बताउनुभयो। उहाँले विदेशमा आर्जन गरेको सीप, ज्ञान र अनुभवसहित स्वदेश फर्किएका नेपालीहरूलाई समाज निर्माणका सकारात्मक अभियानमा जोड्न संगठनले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। “रिटर्नीहरू केवल आर्थिक गतिविधिमा मात्र नभई सामाजिक परिवर्तनका अभियानमा पनि सक्रिय हुनुपर्छ,” उहाँले भन्नुभयो।

1000356530

रिटर्नी फेडेरेसन नेपालकी केन्द्रीय सचिव सीता बस्यालले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले जननेता मदन भण्डारीको स्मृतिमा गरिएको वृक्षारोपण कार्यक्रमले उहाँका विचार र योगदानलाई समाजसँग जोड्ने काम गरेको उल्लेख गर्नुभयो। “एउटा बिरुवा रोप्नु भनेको भविष्यका लागि आशा रोप्नु हो,” उहाँले भन्नुभयो।

1000356529

मधेश प्रदेश अध्यक्ष दीपक कुमार श्रेष्ठले संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो। उहाँले रिटर्नीहरूको क्षमता र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। “विदेशबाट फर्किएका युवाहरूमा सीप र अनुभव छ, त्यसलाई समाज र देशको विकासमा प्रयोग गर्न हामी अभियानका रूपमा अघि बढिरहेका छौँ,” अध्यक्ष श्रेष्ठले बताउनुभयो।

1000356528

प्रदेश सचिव नवराज बिष्टले वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणसँगै संगठनलाई समुदायसँग जोड्ने अवसर प्रदान गरेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक, आर्थिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

नेपाल सरकारले २०७६ सालमा मन्त्रिपरिषद्को निर्णयमार्फत असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०७६ असार १४ देखि देशभर राष्ट्रिय वृक्षारोपण दिवस मनाउन थालिएको हो।कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सबैलाई सक्रिय हुन आग्रह गरिएको थियो।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts