Skip to content

चन्द्रपुरमा विज्ञान तथा प्रविधिमा बाल प्रतिभा खोजी कार्यक्रम सम्पन्न

IMG_2405
प्रकाशित:
शब्दको आकार

रौतहट , २२ असोज / चन्द्रपुर नगरपालिकाको आयोजना तथा युनेस्को नेपालको सहयोगमा चन्द्रनिगाहपुरस्थित जनज्योति माध्यमिक विद्यालयमा विज्ञान तथा प्रविधिसम्बन्धी बाल प्रतिभा खोजी कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीमा विज्ञान तथा प्रविधिप्रतिको रुचि, सिर्जनशीलता र खोजी क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन युनेस्कोका सचिवालय सचिव राजु श्रेष्ठले गर्नुभएको थियो। उहाँले विज्ञान तथा प्रविधिको विकाससँगै विद्यार्थीमा रहेको सिर्जनात्मक क्षमतालाई पहिचान गरी प्रोत्साहन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।

1000399359

विद्यालय तहबाटै विद्यार्थीलाई प्रयोगात्मक सिकाइ, अनुसन्धान र नयाँ प्रविधिसँग जोड्न सके भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने उहाँको भनाइ थियो।प्रतियोगितामा चन्द्रपुर नगरपालिका अन्तर्गतका माध्यमिक तथा आधारभूत तहका गरी १७ वटा विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सिर्जनात्मक तथा प्रयोगात्मक प्रस्तुति प्रदर्शन गरेका थिए।

1000399361

प्रतियोगिताअन्तर्गत माध्यमिक विद्यालयतर्फ चन्द्रज्योति अंग्रेजी आवासीय विद्यालय, चन्द्रपुर–४ प्रथम, मुनलाइट एकेडेमी, चन्द्रपुर–५ द्वितीय, जनज्योति माध्यमिक विद्यालय, चन्द्रपुर–६ तृतीय र जनजागृति माध्यमिक विद्यालय, चन्द्रपुर–९ सान्त्वना भएका छन्।त्यसैगरी आधारभूत विद्यालयतर्फ साइनेप्स स्कुल, चन्द्रपुर–४ प्रथम, पवित्रा मेमोरियल स्कुल, चन्द्रपुर–९ द्वितीय, श्री आधारभूत विद्यालय, चन्द्रपुर–६ तृतीय र शिवशक्ति आधारभूत विद्यालय, चन्द्रपुर–८ सान्त्वना भएका छन्।चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत दीपेन्द्र मण्डलका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः १५ हजार, १३ हजार, ६ हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

1000399330

चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक खत्रीले विद्यालयमा हुने नियमित पढाइसँगै विद्यार्थीको प्रतिभा पहिचान र प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले विज्ञान तथा प्रविधिका क्षेत्रमा विद्यार्थीले देखाएको क्षमता उजागर गर्न नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

1000399329

कार्यक्रमका सभाध्यक्ष तथा चन्द्रपुर नगरपालिका–६ का वडाध्यक्ष सहदेव केसीले बालबालिकाको प्रतिभा पहिचान गरी उनीहरूलाई अवसर प्रदान गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। विज्ञान र प्रविधिको क्षेत्रमा विद्यार्थीलाई प्रोत्साहन गर्न विद्यालय, शिक्षक, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

1000399356

दुर्गा माध्यमिक विद्यालय ठाटटोलका प्रधानाध्यापक नारायणबहादुर कार्कीले यस्ता प्रतियोगिताले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक र सिर्जनात्मक सिकाइतर्फ आकर्षित गर्ने बताउनुभयो। उहाँले विद्यार्थीमा रहेको प्रतिभालाई समयमै पहिचान गरेर आवश्यक अवसर र प्रोत्साहन दिन सके उनीहरूले स्थानीयदेखि राष्ट्रियस्तरसम्म आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने उल्लेख गर्नुभयो।

1000399331

कार्यक्रममा जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त सापकोटा, प्याब्सन रौतहटका अध्यक्ष ऋषिकेश चिमोरिया, प्याब्सन चन्द्रपुरका अध्यक्ष लक्ष्मी कार्की, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्द्रपुर–१० का प्रधानाध्यापक आर्यन झा, युनेस्कोका शाखा अधिकृत सिंहराज डाँगी, चन्द्रपुर नगरपालिका शिक्षा शाखा अधिकृत जुना तिमल्सिना, प्रशासन शाखाका अधिकृत अजिता शर्मा लगायतको आतिथ्यता रहेको थियो।

1000399360

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो भने जनशक्ति माध्यमिक विद्यालय चन्द्रपुर–३ की प्रधानाध्यापक रेणुका जिसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 54 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts