Skip to content

नमुनामा समर एनरिचमेन्ट प्रोग्राम–२०८३ सम्पन्न

20260716_170817
प्रकाशित:
शब्दको आकार

चन्द्रनिगाहपुर, ३२ असार/नमुना इङ्गलिस आवासीय विद्यालय, चन्द्रनिगाहपुरले आयोजना गरेको Summer Enrichment Program–2083 सफलतापूर्वक सम्पन्न भएको छ। असार ३० गतेदेखि सञ्चालन भएको कार्यक्रमको समापन समारोहका अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ।

1000362864

विद्यालयका कोर्डिनेटर बसन्त सुब्बाका अनुसार विद्यार्थीहरूको सिर्जनशीलता, नेतृत्व क्षमता तथा व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विभिन्न विधाका अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा अशोक साहले पब्लिक स्पिकिङ, वसन्त पौडेलले कला, सुबाशना श्रेष्ठले नृत्य तथा पुनम झा र राजकुमारी मण्डलले मिथिला चित्रकला सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

1000362782

समापन कार्यक्रममा विद्यालयका निर्देशक लक्ष्मी श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विद्यालयले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, सिर्जनात्मक र आत्मविश्वासी बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा पहिचान गर्न र भविष्यको बाटो तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

1000362818

विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले Summer Enrichment Program ले विद्यार्थी, अभिभावक र शिक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको उल्लेख गर्दै आगामी वर्षहरूमा यसलाई अझ व्यापक र प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षासँगै जीवनोपयोगी सीप विकासलाई पनि समान प्राथमिकतामा राख्दै आएको धारणा व्यक्त गर्नुभयो।

1000362757

कार्यक्रमका प्रमुख अतिथि तथा जनज्योति नमुना माध्यमिक विद्यालयका अध्यक्ष नरेश लामिछानेले नमुना इङ्गलिस आवासीय विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिरका ज्ञान, सीप र अनुभव प्रदान गर्ने उद्देश्यले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि तथा समग्र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

1000362901

पब्लिक स्पिकिङका प्रशिक्षक अशोक साहले विद्यालयले सञ्चालन गरेको कार्यक्रम अत्यन्त फलदायी रहेको उल्लेख गर्दै यस्ता अभ्यासले विद्यार्थीमा आत्मविश्वास बढाउने, प्रभावकारी रूपमा आफ्नो विचार प्रस्तुत गर्न सिकाउने तथा उनीहरूको रुचिअनुसार भविष्यमा करियर निर्माण गर्न प्रेरणा दिने बताउनुभयो।

1000362842

अभिभावकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै सविता श्रेष्ठले नमुना इङ्गलिस आवासीय विद्यालयले बालबालिकाको क्षमता विकासका लागि निरन्तर नवीन र उपयोगी कार्यक्रम सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो। आफ्ना सन्तानलाई यस विद्यालयमा अध्ययन गराउँदा उनीहरूको भविष्य सुरक्षित र उज्ज्वल हुने विश्वास बढेको अनुभवसमेत उहाँले सुनाउनुभयो।

1000362923

विद्यालयले प्रथम त्रैमासिक परीक्षापछिको विदाको समयलाई विद्यार्थीका लागि सिर्जनात्मक र उपलब्धिमूलक बनाउने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रमले सहभागी विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, सिर्जनशील सोच तथा व्यवहारिक सीप विकासमा सकारात्मक प्रभाव पारेको आयोजकको विश्वास रहेको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts