Skip to content

श्री नेपाल राष्ट्रिय प्राविमा प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन

FB_IMG_1787303542858
प्रकाशित:
शब्दको आकार

रौतहट , ५ भाद्र / चन्द्रपुर नगरपालिका–१० खौराहा सलमपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा वितरणसँगै अभिभावक बैठक सम्पन्न भएको छ।विद्यालयमा वर्षे बिदापछि आयोजित पहिलो अभिभावक बैठकमा विद्यार्थीहरूको परीक्षाफल सार्वजनिक तथा वितरण गरिएको हो। कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकमा विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन, नियमित उपस्थिति, सिकाइ उपलब्धि तथा विद्यालय र अभिभावकबीचको सहकार्यलगायत विषयमा छलफल गरिएको विद्यालयले जनाएको छ।

अभिभावकहरूले आफ्ना बालबालिकाको शैक्षिक अवस्थाबारे जानकारी लिनुका साथै विद्यालयको समग्र शैक्षिक गतिविधिबारे समेत चासो राखेका थिए।

विद्यालयका प्रधानाध्यापक आर्यन झाले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र अभिभावकबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले परीक्षाफललाई विद्यार्थीको कमजोरी पहिचान गरी आगामी दिनमा सिकाइ उपलब्धि सुधार गर्ने आधारका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।प्रधानाध्यापक झाले विद्यार्थी नियमित रूपमा विद्यालय आउने वातावरण निर्माण गर्न, घरमा समेत पढाइका लागि उचित वातावरण बनाउन र बालबालिकाको शैक्षिक प्रगतिबारे अभिभावकले निरन्तर चासो राख्नुपर्नेमा जोड दिनुभयो।

उहाँले विद्यालयले विद्यार्थीको शैक्षिक प्रगतिसँगै अनुशासन, व्यवहार तथा अन्य अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिँदै आएको बताउनुभयो।कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सुझाव दिएका थिए। साथै, विद्यार्थीको सिकाइ उपलब्धि अझ प्रभावकारी बनाउन विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

विद्यालय, अभिभावक र विद्यार्थीबीचको समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउँदै आगामी दिनमा शैक्षिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत बैठकमा सहमति भएको छ। अभिभावकहरूको उत्साहजनक सहभागिता तथा विद्यालय व्यवस्थापन समितिको सक्रिय उपस्थितिका बीच कार्यक्रम सौहार्दपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 39 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts