रौतहट, ७ कार्तिक / नेकपा एमाले रौतहट क्षेत्र नम्बर २ ले मिसन पार्टी जागरण अभियान तथा बडादसैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। रौतहटको बौधिमाइ नगरपालिका–पिपरियामा आयोजित कार्यक्रम क्षेत्रीय संयोजक कृष्णनन्दन रामको सभापतित्व तथा नेकपा एमालेका केन्द्रीय सदस्य उपेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य जयचन्द्र पटेल र मो. जैद राजा, नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष शचिदानन्द साह, प्रदेश सदस्यहरू मो. अतिउल्लाह, मनोज यादव, परनिया पटेल र कपिल अञ्जुम, जिल्ला उपाध्यक्ष रुपेश पटेल, उपसचिव अवधेश यादव, जिल्ला सदस्यहरू, युवा नेता मराज आलम, सञ्जीव यादव, विजय यादव तथा विभिन्न नगरका संयोजकलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य उपेन्द्र साहले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै जनतामाझ पार्टीका विचार, नीति तथा कार्यक्रम पुर्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरू जनताको सुखदुःखमा साथ दिँदै जनताका समस्या समाधानका लागि सक्रिय हुनुपर्ने बताउनुभयो।

त्यस्तै, प्रदेशसभा सदस्य मो. जैद राजाले पार्टी संगठनलाई जनस्तरसम्म विस्तार गर्न नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले मिसन पार्टी जागरण अभियानले कार्यकर्तालाई थप सक्रिय बनाउँदै संगठनलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष शचिदानन्द साहले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले जनताका आवश्यकता र समस्यालाई प्राथमिकतामा राख्दै पार्टीका गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

दसैँ, तिहार तथा छठजस्ता नेपालीका प्रमुख चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सद्भाव, भाइचारा र एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले एकअर्कालाई चाडपर्वको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
Comments