काठमाडौं, १५ चैत / पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा विभिन्न समस्या देखिएको छ । प्रहरी शनिबार पक्राउ गरेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएका ओलीलाई मुटुको धड्कन बढ्ने समस्या देखिएपछि अस्पताल ल्याइएको थियो। अस्पतालले जारी गरेको स्वास्थ्य विज्ञप्तिअनुसार अनुसार ओली मिर्गौला प्रत्यारोपणपछिका बिरामी रहेको उहाँलाई हाइड्रोनेफ्रोसिस (मिर्गौलामा पानी जम्ने समस्या), मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म, एट्रियल फिब्रिलेसन (हृदयसम्बन्धी समस्या) र पित्तथैलीमा पत्थरी जस्ता दीर्घरोगहरू रहेको उल्लेख गरिएको छ। हाल उहाँलाई अस्पतालको Annex–I भवनको बेड नम्बर ५०१ मा राखी चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले जारी गरेको संक्षिप्त विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्था निरन्तर अनुगमनमा राखिएको र विशेषज्ञ चिकित्सक टोलीले उपचार गरिरहेको उल्लेख छ।
आजै जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
Comments