Skip to content

एन‌आइएमबी बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

20260329_114231
प्रकाशित:
शब्दको आकार

रौतहट, १५ चैत/ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एन‌आइएमबी) चन्द्रनिगाहपुर शाखाले बसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ का विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच कक्षा अध्ययनरत २६० जना विद्यार्थीहरूलाई कापी, कलम, झोला, क्रिकेट व्याट, चेस, व्याडमिन्टन लगायतका शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको हो।कार्यक्रममा बैंकका शाखा प्रमुख कृष्ण राज पाण्डे, अपरेसन इन्चार्ज सन्तोष मिश्र तथा कर्जा विभागका प्रसन्न न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो। कार्यक्रमप्रति विद्यालयका प्रधानाध्यापक राम प्रवेश पटेलले बैंकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै पठनपाठनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि अधिकारीले स्थानीय समुदायमा सकारात्मक सन्देश दिने यस्ता कार्यक्रमले विद्यालय र वित्तीय संस्थाबीच सहकार्यको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको गर्नुभयो । सामग्री प्राप्त गरिसकेपछि विद्यार्थीहरू प्रफुल्लित हुनुभएको थियो ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 58 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts