Skip to content

परिवर्तन परियोजनाअन्तर्गत चन्द्रपुरका कृषक समूहको अनुगमन सम्पन्न

Screenshot_20260628_060839_Gallery
प्रकाशित:
शब्दको आकार

चन्द्रपुर १३ असार/ रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न महिला तथा कृषक समूहहरूको अनुगमन गरिएको छ। अष्ट्रेलियन एड र आड्रा नेपालको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र (RDC) नेपालद्वारा सञ्चालित परिवर्तन परियोजना अन्तर्गत समूहहरूको अवस्था, गतिविधि तथा प्रगतिबारे जानकारी लिन अनुगमन गरिएको हो।अनुगमनका क्रममा चन्द्रपुर–२ स्थित तामाङ महिला कृषक समूह, चन्द्रपुर–५ को त्रिशक्ति महिला कृषक समूह र चन्द्रपुर–८ को स्वतन्त्र बाख्रा कृषक समूहको स्थलगत निरीक्षण गरिएको थियो।

समूहहरूले कृषि तथा पशुपालनमार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्ने उद्देश्यका साथ काम गर्दै आएका छन्।अनुगमन टोलीमा चन्द्रपुर नगरपालिकाका पशु शाखा प्रमुख रिना राई, कृषि विकास शाखाका प्रमुख सन्दीप देवकोटा, विपद् शाखा प्रमुख अजिता न्यौपाने र महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बराल सहभागी थिए। त्यस्तै आयोजक संस्थाका तर्फबाट आड्रा नेपालका परियोजना अधिकृत पूर्णलाल श्रेष्ठ, ग्रामीण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक प्रशान्त रिजाल, अध्यक्ष पारस हुसेन र उपाध्यक्ष ममता झा सहभागी थिए।

स्वतन्त्र बाख्रा कृषक समूह चन्द्रपुर–८ का अध्यक्ष विनोद कार्कीले समूहमा आबद्ध किसानहरूलाई कृषि र पशुपालनमा थप सक्रिय बनाउने उद्देश्य रहेको बताउनुभयो। “समूहमा एकताबद्ध भएर काम गर्दा किसानहरूलाई अनुभव आदानप्रदान गर्न, समस्या समाधान गर्न र उत्पादन बढाउन सहज भएको छ। बाख्रापालन र तरकारी खेतीमार्फत परिवारको आर्थिक अवस्था सुधार गर्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।

चन्द्रपुर नगरपालिकाका कृषि विकास शाखा प्रमुख सन्दीप देवकोटाले स्थानीय स्तरमा समूहगत कृषि प्रणालीले किसानलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। “कृषक समूहहरूलाई प्राविधिक सहयोग, तालिम र आवश्यक समन्वयमार्फत उत्पादन वृद्धि र बजारीकरणमा सहयोग गर्न नगरपालिका सकारात्मक छ,” उहाँले भन्नुभयो।

ग्रामीण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक प्रशान्त रिजालले परिवर्तन परियोजनाले ग्रामीण क्षेत्रका समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने उद्देश्य राखेको जानकारी दिनुभयो। “समूह गठन गरेर मात्र नभई उनीहरूको क्षमता विकास, सीप अभिवृद्धि र आयआर्जनका गतिविधिमा निरन्तर सहयोग गर्ने हाम्रो लक्ष्य हो,” उहाँले बताउनुभयो।

आड्रा नेपालका परियोजना अधिकृत पूर्णलाल श्रेष्ठले परियोजना अन्तर्गत किसानहरूलाई बाख्रापालन तथा तरकारी खेतीसम्बन्धी तालिम र आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताउनुभयो। “स्थानीय समुदायको आवश्यकता अनुसार सहयोग प्रदान गरी उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो।

परिवर्तन परियोजनामार्फत कृषकहरूलाई व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित गर्दै उनीहरूको आर्थिक अवस्था सुधार गर्ने र सामाजिक रूपमा समेत सक्षम बनाउने लक्ष्य लिइएको छ। समूहहरूमा आबद्ध किसानहरूले सामूहिक प्रयासबाट कृषि पेशालाई थप व्यवस्थित र उत्पादनमुखी बनाउने अपेक्षा गरिएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts