Skip to content

ACAN र EvieBooks बीच सहकार्य, सदस्यलाई डिजिटल व्यवसाय व्यवस्थापनमा विशेष सुविधा

FB_IMG_1781926558207
प्रकाशित:
शब्दको आकार

काठमाडौं, ६ असार । एसोसिएसन अफ कम्प्युटर एशोसिएसन नेपाल (ACAN) र EvieBooks बीच व्यवसायी तथा पेशाकर्मीलाई डिजिटल समाधानमा पहुँच सहज बनाउने उद्देश्यसहित सहकार्य भएको छ।सहकार्य अन्तर्गत ACAN का सदस्यहरूले EvieBooks को सदस्यता शुल्कमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने भएका छन्। यसका साथै सदस्यहरूले EvieBooks का Smart, Growth+ र Power Plans का लागि सफल रेफरल गरेबापत ४० प्रतिशतसम्म साझेदारी लाभ प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।ACAN को अध्यक्ष FCA अनुप नेपाल र EvieBooks को CEO रमेश खड्का बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।डिजिटल प्रविधिको प्रयोगमार्फत लेखा व्यवस्थापन, व्यवसाय सञ्चालन र वित्तीय प्रक्रियालाई अझ सहज बनाउने उद्देश्यले यो पहल गरिएको EvieBooks ले जनाएको छ।

यस सहकार्यले साना ठुला तथा मझौला व्यवसायीहरूलाई आधुनिक डिजिटल प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ACAN का अध्यक्ष नेपालले सहकार्यबारे प्रतिक्रिया दिँदै डिजिटल युगमा व्यवसायलाई प्रतिस्पर्धी बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले ACAN सदस्यहरूलाई गुणस्तरीय डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले EvieBooks सँग सहकार्य गरिएको उल्लेख गर्दै यसबाट व्यवसायी तथा पेशाकर्मीहरूले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै EvieBooks का प्रमुख कार्यकारी अधिकृत (CEO) खड्काले ACAN जस्तो प्रविधि क्षेत्रमा सक्रिय संस्थासँगको सहकार्यले डिजिटल व्यवसाय व्यवस्थापनको पहुँच विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले व्यवसायीहरूलाई सरल, सुरक्षित र प्रभावकारी डिजिटल समाधान उपलब्ध गराउने लक्ष्यसहित EvieBooks अघि बढिरहेको जानकारी दिनुभयो।

1000352730

ACAN र EvieBooks को यो सहकार्यले व्यवसाय सञ्चालनमा पारदर्शिता, दक्षता र प्रविधिमैत्री अभ्यासलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। यसबाट सदस्य व्यवसायीहरूले समय, लागत र व्यवस्थापन प्रक्रियामा सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ।

सफ्टवेयर बारेमा थप जानकारीका लागि EvieBooks ले 9801115741, 980-2363714 र 980-2363713 नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। साथै www.eviebooks.com मार्फत पनि सेवा सम्बन्धी जानकारी लिन सकिने खड्काले बताउनुभयो।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts