Skip to content

दुर्गा भगवती गाउँपालिकाको विविध खर्चमा मापदण्डविहीन खर्च भएको महालेखाको ठहर

Screenshot_20260619_123142_Google
प्रकाशित:
शब्दको आकार

रौतहट, ५ असार/रौतहटको दुर्गा भगवती गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा विविध खर्च शीर्षकमा मापदण्डविहीन खर्च भएको उल्लेख गरिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार गाउँपालिकाले विविध खर्चतर्फ रु. १७ लाख ९१ हजार ९ सय १५ खर्च गरेको छ, जुन गाउँपालिकाको आन्तरिक आयको तुलनामा ११६.२२ प्रतिशत देखिएको छ।

प्रतिवेदनमा विविध खर्चअन्तर्गत मनकामना राधा होटललाई रु. १० लाख ६५ हजार ३ सय ७८ र जयसवाल होटललाई रु. १ लाख ५० हजार भुक्तानी गरिएको उदाहरण दिँदै खर्चको सिलसिलेवार बिल पेश गरी भुक्तानी गरिएको उल्लेख गरिएको छ।

कानुनी रूपमा मितव्ययी ढंगले खर्च गर्न सकिने भए पनि गाउँपालिकाले खर्चको मापदण्ड विकास नगरेको तथा बिलबाहेक खर्चको प्रयोजन र औचित्यता पुष्टि नगरेको महालेखाको निष्कर्ष छ। महालेखाले विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित हुने व्यवस्था मिलाई यस्ता खर्च नियन्त्रण गर्न गाउँपालिकालाई सुझाव दिएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts