Skip to content

बागमती नदीमा डुबेर बेपत्ता भएका व्यक्तिको शव ३ दिनपछि फेला

IMG-20260324-WA0004
प्रकाशित:
शब्दको आकार

रौतहट, १० चैत्र । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ।चैत ७ गते बिहान करिब साढे १० बजेतिर सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतान बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाबारे प्रहरीलाई उनका भतिजो कान्छा लामाले जानकारी गराएपछि प्रहरी चौकी पौराईबाट टोली खटिई खोजतलास कार्य सुरु गरेको थियो ।

खोजी कार्यमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा प्रहरी टोली, आर्मी बेस चपुरबाट नेपाली सेना, सशस्त्र प्रहरी बल सन्तपुर क्याम्प र इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट समेत टोली परिचालन गरिएको थियो।घटनापछि चैत ८ र ९ गतेसमेत संयुक्त टोलीले बागमती नदीमा डुंगा प्रयोग गरी खोजतलास जारी राखेको थियो।

खोजतलासकै क्रममा आज बिहान साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ बागमती नदीमा स्याङतानको शव पानीमा तैरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।शव फेला परेपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर, कर्मैया, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त टोलीले डुंगा प्रयोग गरी शव बाहिर निकालेको थियो। शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts