रौतहट, २१ चैत/ केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत भएको साइबर बुलिङ प्रकरणमा रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।प्रहरी स्रोतका अनुसार रौतहटको गुजरा क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्यूरो कार्यालयमा ल्याइने तयारी गरिएको जनाइएको छ। यो प्रकरण अमिषा पराजुलीले दिएको उजुरीसँग सम्बन्धित रहेको बताइएको छ।
पराजुलीले केपी शर्मा ओलीको समर्थनमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा लक्षित गर्दै साइबर बुलिङ भएको आरोप लगाएकी थिइन्। उनले सो सम्बन्धमा प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइनेछ। प्रहरीले पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई पक्राउ गरेपछि उनको रिहाइको लागि प्रदर्शन गर्न सडकमा उत्रिएकी पराजुलीलाई सामाजिक सञ्जालमा साइबर बुलिङ गरिएको थियो।
Comments