Skip to content

एसइई परीक्षामा ‘व्हाट्सएप’ मार्फत चिट चोराउने एक युवक पक्राउ

1775405472980(1)
प्रकाशित:
शब्दको आकार

रौतहट, २२ चैत / इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एसइई परीक्षा सञ्चालन भइरहेका बेला ‘व्हाट्सएप’ समूह प्रयोग गरी चिट चोरी गराउँदै गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आइतबार रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–९ स्थित जनजागृति माध्यमिक विद्यालयमा परीक्षा चलिरहेका बेला ‘व्हाट्सएप’ ग्रुपमार्फत उत्तर आदानप्रदान गराउँदै गरेको अवस्थामा चन्द्रपुर नगरपालिका–६ मोतियाही निवासी २१ वर्षीय रञ्जित कुमार साह पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उनलाई पक्राउ गरेको हो। उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका साहलाई शिक्षा ऐन अन्तर्गत मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले साहलाई जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। परीक्षा प्रणालीलाई निष्पक्ष र मर्यादित बनाउन यस्ता गतिविधि नियन्त्रण गर्न कडाइ गरिने प्रहरीले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts