Skip to content

ब्राउन सुगरसहित चन्द्रपुरबाट दुई जना पक्राउ

IMG-20260619-WA0003
प्रकाशित:
शब्दको आकार

रौतहट , ५ असार/ रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिहिबार साँझ नियन्त्रण हो। डावरीटोलमा चेकजाँच गर्ने क्रममा चन्द्रपुर–६ बस्ने २६ वर्षीय निराश कुमार सापकोटालाई नियन्त्रणमा लिएको हो।

उनको शरीर तलासी गर्दा पर्सभित्र कालो प्लास्टिकमा लुकाई राखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद पदार्थ प्लास्टिकसहित ०.१६० मिलिग्राम र प्लास्टिक बाहेक ०.०८० मिलिग्राम रहेको छ। सापकोटाको साथबाट नगद ३२ हजार २ सय ९० रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।

1000352361

अनुसन्धानका क्रममा उक्त लागुऔषध बिक्री गर्ने आरोपमा चन्द्रपुर–६ शान्तिनगर टोल बस्ने ३० वर्षीय विकास न्यौपानेलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार न्यौपानेको साथबाट २२ हजार ३ सय ९० रुपैयाँ नगद बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी थप अनुसन्धान भइरहेको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts