Skip to content

शिक्षाप्रेमी आचार्यद्वारा हातेमालोका विद्यार्थीलाई स्टेशनरी वितरण

basant
प्रकाशित:
शब्दको आकार


रौतहट, ५ फागुन / चन्द्रपुर–६ निवासी शिक्षाप्रेमी भरत प्रसाद आचार्यले आफ्ना स्वर्गीय मातापिता विष्णु प्रसाद आचार्य तथा टक्र कुमारी आचार्यको स्मृतिमा चन्द्रपुर–६ स्थित जंगलटोलमा रहेको हातेमालो आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । सो विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका आचार्यले स्थापना गर्नुभएको उक्त अक्षयकोषबाट विद्यालयको शैक्षिक उन्नयन तथा विपन्न विद्यार्थीलाई सहयोग पुग्ने विश्वास लिइएको छ । विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा टेवा पुग्ने र विद्यार्थीहरूको सिकाइ वातावरण थप सुदृढ गराउन रु. ५१ हजार १५० रुपैयाको अक्षयकोष स्थापना गरिएको आर्चायले बताउनुभयो ।
उक्त अक्षयकोष स्थापनासँगै उहाँकी धर्मपत्नी स्वर्गीय ईश्वरी देवी आचार्यको पाँच महिनाको मासिक पुण्यतिथिको अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको आचार्य दम्पतीका छोरा बसन्त आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्री विद्यार्थीहरूलाई प्रदान गरिएको थियो । वितरण कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै अभिभावक तथा स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् । सोही अवसरमा चन्द्रपुर अस्पताल प्रा.लि.का सञ्चालक डा. सुवास चौधरीबाट सहयोगस्वरूप प्राप्त प्राथमिक उपचार बाकस विद्यालयलाई हस्तान्तरण गरिएको थियो । उक्त प्राथमिक उपचार बाकस बसन्त आचार्यले विद्यालयका प्रधानाध्यापक वशिष्ठ सापकोटालाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो । विद्यालयमा आकस्मिक स्वास्थ्य समस्या पर्दा तत्काल प्राथमिक उपचार उपलब्ध गराउन उक्त सहयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षामा गरिएको लगानी नै दीर्घकालीन समाज विकासको आधार भएको उल्लेख गर्दै आचार्य परिवारको योगदानको प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यापक सापकोटाले आचार्य परिवारप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यालय समुदायलाई थप प्रेरित बनाएको बताउनुभयो । उहाँले अक्षयकोषबाट प्राप्त हुने आम्दानीलाई पारदर्शी र प्रभावकारी ढंगले उपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीय समाजमा शिक्षाप्रेमी तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित भरत प्रसाद आचार्यद्वारा गरिएको यस मानवीय तथा शैक्षिक पहलले चन्द्रपुर–६ क्षेत्रमै सकारात्मक उदाहरण प्रस्तुत गरेको सहभागीहरुको भनाइ छ । स्मृतिमा गरिएको यस प्रकारको रचनात्मक कार्यले दिवंगत आत्माहरूको सम्मान गर्नुका साथै भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणमा समेत सहयोग पु¥याउने विश्वास गरिएको छ ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts