Skip to content

रौतहटमा दिगो वन व्यवस्थापन तालिम सम्पन्न

20260408_101127
प्रकाशित:
शब्दको आकार

रौतहट, २५ चैत/ दिगो वन व्यवस्थापन तथा सम्बर्धन प्रणालीको प्रभावकारी कार्यान्वयनलाई सुदृढ बनाउने उद्देश्यले आयोजित तालिम/गोष्ठी आज चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ। डिभिजन वन कार्यालय रौतहटको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वन क्षेत्रसँग सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरीले वन संरक्षण र व्यवस्थापनमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै दिगोपनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। वन स्रोतको दीर्घकालीन उपयोगका लागि वैज्ञानिक व्यवस्थापन प्रणाली अपनाउनु आवश्यक रहेको भन्दै उहाँले कर्मचारीलाई बिना दबाब प्रभावमा आएर कार्य गर्न निर्देशनात्मक अनुरोध गर्नुभयो।

कार्यक्रमको सभापति डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहले दिगो वन व्यवस्थापन प्रणालीले वनको उत्पादनशीलता वृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले मधेस प्रदेशका आठवटा जिल्लामध्ये रौतहटमा मात्रै दिगोपन व्यवस्थापन को कार्यक्रम अगाडि बढाइएको जनाउँदै यसमा जिल्लाका सम्पूर्ण सरकारवालाले साथ दिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।'यस तालिमले वन व्यवस्थापनमा संलग्न सरोकारवालाहरूलाई दिगोपनको अवधारणा बुझ्न र व्यवहारमा लागू गर्न थप सहयोग पुग्ने अपेक्षा गरेका छौँ ' उहाँले भन्नुभयो, 'कार्यक्रममार्फत वन संरक्षण, जैविक विविधता संरक्षण तथा समुदायको आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पर्ने हाम्रो विश्वास छ।'

गोष्ठीमा चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सहदेव केसी, सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका जिल्ला अध्यक्ष बेदहरी दाहाल, तिलेश्वरनाथ सामुदायिक वनका अध्यक्ष राजु धामी, नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिलबहादुर कार्की लगायत वनकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वन अधिकृत शेरबहादुर बुढा ले दिगो वन व्यवस्थापन तथा सम्बर्धन प्रणाली सम्बन्धी विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले प्रस्तुति मार्फत वन व्यवस्थापनमा आधुनिक प्रविधि, वैज्ञानिक योजना तथा स्थानीय समुदायको सहकार्यमार्फत दीर्घकालीन लाभ हासिल गर्न सकिने विषयमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य वन अधिकृत नेपाली साह र सञ्चालन रेन्जर लक्ष्मी कर्ण ले गर्नुभएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts