Skip to content

निर्वाचन प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोगमा सरकारको रोक

balen rooftop
प्रकाशित:
शब्दको आकार

रौतहट ७ फागुन/ सरकारले निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरूले छत खुला राखी प्रयोग गर्ने ‘रुफटप भेहिकल’ सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। उम्मेदवारहरूको सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाइएको छ।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले दिइन्। उनका अनुसार खुला छत भएका सवारीसाधन प्रयोग गर्दा सुरक्षा जोखिम बढ्ने भएकाले यसलाई निषेध गर्ने निर्णय गरिएको हो।

बैठकमा राजकुमार श्रेष्ठ, दान बहादुर कार्की, राजु अर्याल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। साथै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधि पनि उपस्थित थिए।

निर्वाचन अवधिमा उम्मेदवार तथा सर्वसाधारणको सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts