रौतहट , २८ फागुन / फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय दिलाउन माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा युवाहरूले प्रदर्शन गरेका छन्।बिहीबार चन्द्रपुर नगरपालिकाको कार्यालयबाट सुरु भएको र्याली चन्द्रनिगाहपुर मेनचोकसम्म पुगेको थियो। प्रदर्शनमा सहभागीहरूले “इनिशालाई न्याय दे”, “बलात्कारीलाई फाँसी दे”, “महिला अधिकारको रक्षा गर”, “महिला हिंसा बन्द गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।मेनचोकमा आयोजित कोणसभामा बोल्दै संजिप विश्वकर्माले नेपालमा यसअघि पनि यस्ता घटनामा पीडितले न्याय नपाएको स्मरण गराउँदै यस घटनामा पनि दोषीलाई उम्काउन नहुने बताए। उनले ढिलो न्याय दिनु अन्याय सरह हुने भएकाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई छिटो कडा कारबाही गर्न माग गरे।प्रदर्शनकारीहरूले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाविरुद्ध कडा कदम चाल्न सरकारसँग माग गर्दै पीडितलाई न्याय नदिएसम्म आवाज उठाइरहने बताएका छन्।
इनिशाको न्याय माग्दै चन्द्रनिगाहपुरमा प्रदर्शन
प्रकाशित:
शब्दको आकार
Comments