Skip to content

महिला जिविकोपार्जनका लागि सिलाइ–कटाइ तालिम सुरु

IMG-20260316-WA0004
प्रकाशित:
शब्दको आकार

प्रेमचन्द्र झा

रौतहट , २ चैत्र । नेपाल–भारत मैत्री संघको आयोजनामा महिला जिविकोपार्जनलाई प्रोत्साहन गर्ने उद्देश्यले सिलाइ–कटाइ तालिम कार्यक्रम सोमबार देखि ईसनाथ नगरपालिकाको बन्जरहामा सुरु गरिएको छ। संघका अध्यक्ष गृषनन्दन कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नगर प्रमुख कौसल्या देवीले गर्नुभएको हो।उद्घाटन कार्यक्रममा ईसनाथ नगरपालिका वडा नम्बर १का वडाध्यक्ष तजमुल खाँ लगायत वडा क्षेत्रका भद्रभलादमी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए।

आयोजकका अनुसार तालिम कार्यक्रम दुई सिप्टमा सञ्चालन गरिनेछ। प्रत्येक सिप्टमा १० जना महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ। तालिमबाट महिलाहरूले सिलाइ–कटाइसम्बन्धी व्यावहारिक सीप हासिल गरी आफ्नै स्तरमा रोजगारी सिर्जना गर्न सक्ने अपेक्षा गरिएको संघले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts