Skip to content

करेन्ट लागेर एक वृद्धाको मृत्यु

file_0000000018e47208b6e604174dc73ea9(1)
प्रकाशित:
शब्दको आकार

रौतहट, ८ चैत/ रौतहटको चन्द्रपुर–८ बसन्तपुरमा करेन्ट लागेर ८४ वर्षीया कान्छी देवी चौधरीको मृत्यु भएको छ।छोरी ज्वाईँको घरमा बस्दै आउनुभएको उहाँ चैत ८ गते आइतबार दिउँसो धारामा पानी भर्ने क्रममा करेन्ट लागी घाइते हुनुभएकोमा उपचारको लागि चन्द्रपुर हस्पिटल प्रालिमा लगिएको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पोस्टमार्टम पश्चात शव मृतकका छोरा जोखन चौधरीले बुझिलिएको , घटनाबारे थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts