Skip to content

काठमाडौँबाट गौर आउँदै गरेको ईभी मकनपुरमा दुर्घटना

IMG-20261018-WA0000(1)(1)
प्रकाशित:
शब्दको आकार

मकवानपुर, १ कार्तिक / मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बादरेभीरमा आइतबार दिउँसो भाडाको विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हेटौंडा–भैंसे सडकखण्डमा काठमाडौंबाट रौतहटको गौरतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी आइतबार दिउँसो साढे १२ बजेतिर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार गाडी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएपछि बायाँतर्फको नालामा खसेको थियो।दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन्। मुखमा चोट लागेका उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज (सीएमसी) रिफर गरिएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा सोही स्थानका ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारीका ३४ वर्षीय सर्फे आलम, हरि साहका छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साह तथा पाँच वर्षीय नाति आर्यन साह घाइते भएका छन्। राजेशको बायाँ खुट्टा, सर्फे आलमको नाक र बायाँ काँधमा चोट लागेको छ भने चन्दा, शिवा र आर्यनको शरीरमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका–१० की २४ वर्षीया सबिता कुमारी चौधरीको बायाँ कोखा, यमुनामाई गाउँपालिका–४ का १९ वर्षीय राहुल ठाकुरको मुख तथा यमुनामाई गाउँपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।

हरि साहलाई थप उपचारका लागि चितवन रिफर गरिएपछि उनका नातिनातिनीसहित परिवारका अन्य सदस्य पनि चितवन मेडिकल कलेज गएको प्रहरीले जनाएको छ। हरि साहका नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह भने सामान्य अवस्थामा रहेको बताइएको छ। दुर्घटनापछि ईभी घटनास्थलमै रहेको र चालक फरार भएको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 54 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts