Skip to content

मोटरसाइकल दुर्घटनामा चन्द्रपुरका एक युवकको मृत्यु

1782318748264(1)
प्रकाशित:
शब्दको आकार

रौतहट, १० असार/ बुधबार साँझ ७ बजेतिर रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए।उपचारका क्रममा चन्द्रपुर अस्पतालमा दिपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घाइते आमोद चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी हरिनगरबाट टोली खटिएको र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts