Skip to content

धनुषामा घाँटी रेटेर युवकको हत्या

hatya
प्रकाशित:
शब्दको आकार

जनकपुरधाम, १४ / फागुन धनुषा जिल्लाको औरही गाउँपालिका–६ अन्तर्गत चक्करदेखि सोनिगामा जाने भित्री सडकखण्ड नजिक एक युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। मृतक हंसपुर नगरपालिका–९ फुलबरियाटोल निवासी गंगाराम मण्डलका छोरा अन्दाजी १९ वर्षका सुमित मण्डल भएको खुलेको छ। प्रहरीका अनुसार समय नखुलेको अवस्थामा सडकदेखि करिब ३०० मिटर पूर्वतर्फ रहेको खेतमा उनी घोप्टो अवस्थामा मृत भेटिएका हुन्। शवको पछाडितर्फ दुवै हात गम्छा र डोरीले बाँधिएको तथा घाँटी रेटिएको स्पष्ट देखिएकाले घटनालाई हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाइएको छ । घटनास्थलमा प्रहरी टोली खटिएको छ भने हत्या कसले र किन गर्‍यो भन्ने विषयमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts