रौतहट, ६ फागुन/ रौतहट क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन्द्र पटेल (धिरज) ले चुनावमा हार नजिकिँदै गएको आभास पाएपछि प्रभु साहले बालेन शाह र रवि लामिछानेका समर्थकहरूप्रति असभ्य र आपत्तिजनक भाषा प्रयोग गर्न थालेको आरोप लगाउनुभएको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै पटेलले पदको घमण्डमा मातिएर आम मतदाता, युवापुस्ता मात्र होइन यहाँका आमाबुबा, दिदीबहिनी र दाजुभाइहरूसमेतलाई सार्वजनिक रूपमा गाली गर्नु लोकतान्त्रिक मूल्य–मान्यताको घोर अपमान भएको प्रतिक्रिया दिनुभएको छ ।' प्रभु साहको अभिव्यक्तिलाई आतंककारी, तानाशाही सोचको परिचायक, घमण्डी र भ्रष्टाचारप्रति सहिष्णु प्रवृत्तिको देखाउनुभएको छ । यस्ता असहिष्णु र जनविरोधी प्रवृत्तिविरुद्ध रौतहट क्षेत्र नं. ३ का जेन–जी युवा- युवती मात्र होइन, सम्पूर्ण अभिभावक, महिला दिदीबहिनी तथा आम मतदाताले सचेत भई फागुन २१ गते हुने निर्वाचनमा ब्यालेटमार्फत बहिष्कार गर्न आग्रह गर्दछुँ ।' पटेलले भन्नुभयो । लोकतन्त्रमा असहमति स्वीकार्ने संस्कार आवश्यक रहेको उल्लेख गर्दै पटेलले जनताको अपमान गर्ने, धम्कीपूर्ण र घृणात्मक भाषा प्रयोग गर्ने प्रवृत्तिलाई मतबाटै जवाफ दिनुपर्छ भन्ने धारणा राख्नुभएको छ।
चुनावमा हार नजिकिँदै गएको आभास पाएपछि प्रभु साह असभ्य बने – पटेल
प्रकाशित:
शब्दको आकार
Comments