Skip to content

गौतम बन्धु राष्ट्रिय समाज रौतहटको अध्यक्षमा सुमन गौतम

IMG-20260516-WA0022
प्रकाशित:
शब्दको आकार

रौतहट, २ जेठ / रौतहटको चन्द्रपुरमा सम्पन्न गौतम बन्धुहरुको भेलाले गौतम बन्धु राष्ट्रिय समाज रौतहट जिल्ला समन्वय समितिको अध्यक्षमा सुमन गौतमलाई निर्विरोध चयन गरेको छ। भेलाले नयाँ कार्यसमिति गठन गर्दै विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरु चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष सुमन गौतमले समाजलाई अझ सशक्त, संगठित र सक्रिय बनाउँदै गौतम समुदायबीच आपसी एकता, सहकार्य तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, सामाजिक चेतना, संस्कार संरक्षण तथा समुदायको हकहितका विषयमा संस्थाले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो।

समितिको उपाध्यक्षमा माधव गौतम, सचिवमा वलराम प्रसाद गौतम तथा कोषाध्यक्षमा मुना गौतम चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा अर्जुन गौतम, छविलाल गौतम, यज्ञ प्रसाद गौतम, अशोक गौतम, रुद्र प्रसाद गौतम, पूर्ण कुमारी गौतम तथा झूलनाथ गौतम चयन हुनुभएको भेलाले जनाएको छ।

भेलामा सहभागी वक्ताहरुले गौतम समुदायलाई संगठित बनाउँदै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरुले समाजमार्फत समुदायका युवाहरुलाई सकारात्मक गतिविधिमा जोड्न, शिक्षा र सामाजिक सेवामा सक्रिय बनाउने योजनासहित अघि बढ्नुपर्ने धारणा राखेका थिए।कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट गौतम समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

सहभागीहरुले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समुदायको हितमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका थिए।

नवनिर्वाचित समितिले आगामी दिनमा संगठन विस्तार, समुदायको तथ्यांक संकलन, सामाजिक अभियान सञ्चालन तथा आवश्यक परेका सदस्यहरुलाई सहयोग गर्ने कार्यक्रम अघि बढाउने जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts