Skip to content

फोहरको दिगो व्यवस्थापन, सार्वजनिक यातायात र साइकल लेन निर्माणमा फोरमको साझा मत

FB_IMG_1771480099487
प्रकाशित:
शब्दको आकार

काठमाडौं, ७ फागुन/ सीमा विहिन समस्या समाधानमा सहकार्य, समन्वय र सहअस्तित्व मूल आधार उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने, सार्वजनिक यातायात सञ्चालनको दिगोपनाका लागि यस अघिका अध्ययन प्रतिवेदनहरुको तथ्य र शिफारिस विश्लेषण गरेर उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने उपत्यका मेयर्स फोरमको बैठकले निर्णय गरेको छ । फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सवै स्थानीय तहका बिचमा आवश्यकता अनुसार समन्वय, सहजीकरण र सामुहिक व्यवस्थापनका लागि आवश्यक काम गर्नेछ ।

बुधबार काठमाडौँमा फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३ औँ बैठकले, गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरु योजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts