रौतहट, ११ चैत । जिल्लाको मध्य–पश्चिम क्षेत्रमा रहेको वि.ओ.पि. रामपुर खापका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवाललाई स्थानीयले रूपमा विदाई गरेका छन्। “फेरि भेटौँला” कार्यक्रमको आयोजना गरेर स्थानीयले सुवाललाई मायाको चिनो सहित दौसल्ला ओढाएर बिदाई गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख सुवालले आफ्नो करिब ६ महिनाको कार्यकालमा सम्पन्न भएका गतिविधिहरू र स्थानीय जनताबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यहाँका जनतासँगको सम्बन्ध सदैव स्मरणीय रहने बताइन्। उनले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिकको सम्बन्ध नङमासुको जस्तो हुने भएकाले आफ्नो कार्यकालमा यहाँका नागरिक समाजले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै भविष्यमा रौतहटमा पुनः फर्किने आशा व्यक्त गरिन्।
उनले आफ्नो कार्यकालमा स्थानीय जनताबाट पाएको माया र सद्भावप्रति कृतज्ञता व्यक्त उनले रौतटबाट आफूले धेरै राम्रा कुरा सिकेर जान लागेको बताइन्।
सो वि.ओ.पी. को नेतृत्व सम्हालेदेखिनै सुवालले उनले यस क्षेत्रमा सरानीय सराहनीय कार्य गर्दै आइरहेको बताउँदै उनको कार्यकालमा सो क्षेत्रमा तस्करी नियन्त्रण हुनुका साथै शान्ति सुशासन कायम भएको स्थानीयले बताए। उनले कानुन बमोजिम तस्करी नियन्त्रण गर्नुका साथै क्षेत्रको शान्ति, सुरक्षा र सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा स्थानीयले प्रशंसा गरे ।
कार्यक्रममा वि.ओ.पि. रामपुर खापका नयाँ प्रमुखका रूपमा आउनुभएका सशस्त्र प्रहरी निरीक्षक हनक किवा राईलाई स्वागत गरिएको छ। राईले स्थानीय समस्या तथा चुनौती समाधान गर्न सक्रिय रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै नागरिकको सकारात्मक साथको आशा गरेको बताए। राई यसअघि उनी कोशी प्रदेशको एक नम्बर गणमा कार्यरत थिए ।
स्वागत कार्यक्रममा स्थानीय जनताले राईलाई कानुनको पालना गर्दै शान्ति र सुशासन कायम राख्न आग्रह गरेका थिए। कार्यक्रममा स्थानीय , राजनीतिक दलका नेताहरू, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
Comments