Skip to content

चन्द्रपुरमा मनाइयो विद्युत सुरक्षा दिवस

received_1429457898485953
प्रकाशित:
शब्दको आकार

रौतहट, २६ चैत/ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र चन्द्रनिगाहपुरको आयोजनामा‘विद्युत सुरक्षा दिवस–२०८२’ को अवसरमा चन्द्रपुरमा जनचेतनामूलक र्‍याली सम्पन्न गरिएको छ। “विद्युतीय खतराबाट बचौँ र बचाऔँ” भन्ने नारासहित आयोजित उक्त र्‍यालीमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र चन्द्रनिगाहपुरका कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।र्‍यालीले चन्द्रपुर नगर क्षेत्रको परिक्रमा गर्दै सर्वसाधारणलाई सुरक्षित रूपमा विद्युत प्रयोग गर्न सचेत गराएको थियो। सहभागीहरूले विद्युत सुरक्षासम्बन्धी सन्देश लेखिएका प्लेकार्ड बोकेर जिम्मेवार र सचेत विद्युत उपयोग गर्न आग्रह गरेका थिए।

कार्यक्रममा विद्युत प्रयोगका क्रममा अपनाउनुपर्ने सावधानी, जोखिम न्यूनीकरणका उपाय तथा सम्भावित दुर्घटनाबाट बच्ने तरिकाबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। वितरण केन्द्रका प्रमुख बुद्धिनाथ झा ले यस्ता जनचेतनामूलक गतिविधिले विद्युत दुर्घटना न्यूनीकरणमा ठोस योगदान पुर्‍याउने बताउनुभयो। उहाँले सुरक्षित विद्युत प्रयोगलाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

यस्ता कार्यक्रमहरूले विद्युत सम्बन्धी जोखिम घटाउन तथा जनस्तरमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts