रौतहट , ३ भाद्र/ TVS मोटर कम्पनीले नेपाली बजारका लागि नयाँ विद्युतीय स्कुटर TVS Orbiter चन्द्रनिगाहपुरमा सार्वजनिक गरेको छ। TVS Motor Company को नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चन्द्रनिगाहपुरमा कार्यक्रम आयोजना गरी नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो।
आज एक कार्यक्रमका बीच कान्तिपुर दैनिकका उपासम्पादक वरिष्ठ पत्रकार शिव पुरी र नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्कीले स्कुटर सार्वजनिक गर्नुभएको थियो।
कम्पनीका अनुसार TVS Orbiter मा ३.१ kWh ब्याट्री रहेको छ र एकपटक पूर्ण चार्ज गर्दा १५८ किलोमिटर IDC रेन्ज दिने दाबी गरिएको छ। स्कुटरमा १४ इन्चको फ्रन्ट ह्विल, डायनामिक रियर सस्पेन्सन, ३४ लिटरको बुट स्पेस, ८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट र २९० मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्ड रहेको छ। यसले सहरी यात्रामा स्थिरता, आराम र उपयोगिता बढाउने कम्पनीको भनाइ छ।Orbiter मा कनेक्टेड मोबाइल एप, भाइबरसहितको फ्रन्ट LED हेडलाइट, कलर LCD क्लस्टर, USB 2.0 चार्जिङ पोर्ट, टर्न–बाइ–टर्न नेभिगेसन, जियो–फेन्सिङ तथा ट्याम्पर–फेन्सिङ अलर्टलगायतका सुविधा छन्। हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल, पार्किङ असिस्ट तथा Eco र City मोडले स्कुटरलाई थप सहज र सुरक्षित बनाउने कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सका रिजनल म्यानेजर अफ्ताब आलमले TVS Orbiter सार्वजनिक भएसँगै दिगो मोबिलिटी समाधानतर्फ तीव्र रूपमा अघि बढिरहेको नेपाली बजारमा कम्पनीको EV उत्पादन पोर्टफोलियो अझ बलियो भएको बताउनुभएको छ। ग्राहकका अपेक्षा र आकांक्षालाई ध्यानमा राखेर Orbiter डिजाइन गरिएको उल्लेख गर्दै उहाँले युवा पुस्तालाई मन पर्ने आकर्षक डिजाइनलाई नवप्रवर्तन, गुणस्तर र शिल्पकौशलसँग जोडिएको बताउनुभयो। उहाँका अनुसार Orbiter ले दैनिक बहुउपयोगिता, आधुनिक प्रविधि, उन्नत एरोडाइनामिक डिजाइन र उत्कृष्ट आरामलाई एकै ठाउँमा समेटेको छ।
त्यस्तै, चन्द्रनिगाहपुरका लागि जगदम्बा मोटर्सका आधिकारिक विक्रेता गणपति अटो इन्टरप्राइजेजका प्रबन्ध निर्देशक रामहरी पण्डितले चन्द्रनिगाहपुरमा TVS Orbiter सार्वजनिक गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताउनुभयो। TVS iQube को सफलतापछि Orbiter ले नेपालमा TVS को EV यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै उहाँले उत्कृष्ट खरिद र स्वामित्व अनुभवसहित Orbiter लाई ग्राहकको सहज पहुँचमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो।
कम्पनीले TVS Orbiter नेपालमा Neon Sunburst, Cosmic Titanium र Martian Copper गरी तीन रंगमा उपलब्ध हुने जनाएको छ। यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।कम्पनीका अनुसार Orbiter लाई नेपालको विविध सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखी व्यापक परीक्षण गरिएको छ। यसले निरन्तर कार्यसम्पादन र विश्वसनीयता प्रदान गर्ने क्षमताको पुष्टि भएको कम्पनीको दाबी छ।
Comments