Skip to content

परिवर्तन परियोजनाको सल्लाहकार समिति बैठक तथा सार्वजनिक लेखा परीक्षण सम्पन्न

IMG_9296
प्रकाशित:
शब्दको आकार

चन्द्रनिगाहपुर , १४ असार। अष्ट्रेलियन एड र आड्रा नेपालको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र (RDC) नेपालद्वारा सञ्चालित परिवर्तन परियोजनाको सल्लाहकार समिति बैठक तथा सार्वजनिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

1000356506

चन्द्रनिगाहपुरमा आइतबार सम्पन्न कार्यक्रममा परियोजना अन्तर्गत हालसम्म सञ्चालन गरिएका विभिन्न गतिविधि, उपलब्धि, आगामी योजना तथा बजेटका विषयमा जानकारी गराउँदै सार्वजनिक लेखा परीक्षण गरिएको हो।कार्यक्रमको अध्यक्षता चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले गर्नुभएको थियो। कार्यक्रममा ग्रामीण विकास केन्द्रका उपाध्यक्ष ममताकुमारी झा, चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बोधनाथ देवकोटा, वडा नम्बर ४ का वडाध्यक्ष रवि राना मगर, वडा नम्बर ५ का वडाध्यक्ष निलहरी कोइराला, वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसी, वडा नम्बर ७ का वडाध्यक्ष विष्णु उप्रेती, वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र चौधरी र वडा नम्बर ९ का वडाध्यक्ष नवराज देवकोटाको आतिथ्यता रहेको थियो।

1000356494

यसैगरी चन्द्रपुर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बराल, विपद् शाखा प्रमुख अजिता न्यौपाने, कृषि विकास शाखा प्रमुख सन्दिप देवकोटा, पशु शाखा प्रमुख रिना राई, रोजगार शाखा प्रमुख शान्ता तिमल्सिना तथा विभिन्न समूहका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आड्रा नेपालका परियोजना अधिकृत पूर्णलाल श्रेष्ठले परिवर्तन परियोजनाको उद्देश्यबारे जानकारी दिँदै परियोजनाले समुदायमा समावेशी विकास, जीविकोपार्जन सुधार, विपद् व्यवस्थापन तथा स्थानीयस्तरमा क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको बताउनुभयो। उहाँले परियोजनाका गतिविधिहरू पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवालाको सुझाव र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

1000356514

ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रशान्त रिजालले परिवर्तन परियोजना अन्तर्गत हालसम्म सञ्चालन भएका कार्यक्रमहरू, प्राप्त उपलब्धि तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले परियोजनाले समुदायका विभिन्न समूहसँग सहकार्य गर्दै कृषि, जीविकोपार्जन, महिला सशक्तीकरण, विपद् जोखिम न्यूनीकरण लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो।

1000356503

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले स्थानीय सरकार, विकास साझेदार संस्था र समुदायबीचको सहकार्यबाट मात्रै दिगो विकास सम्भव हुने बताउनुभयो। उहाँले परियोजनाले नगरपालिकाका विभिन्न क्षेत्रमा पुर्‍याएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र प्रभावकारी समन्वयमा जोड दिनुपर्ने धारणा राख्नुभयो।कार्यक्रममा सहभागी विभिन्न सरोकारवालाले परियोजनाका गतिविधि, प्रभाव र आगामी प्राथमिकताबारे सुझाव समेत दिएका थिए।

सार्वजनिक लेखा परीक्षणमार्फत परियोजनाका आर्थिक तथा कार्यक्रमगत पक्षहरू समुदाय र सरोकारवालामाझ प्रस्तुत गरिएको थियो।कार्यक्रमको सहजीकरण सञ्चारकर्मी श्याम कार्कीले गर्नुभएको थियो।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts