रौतहट , ९ श्रावण / जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका फरार कैदी रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझी पक्राउ परेका छन्।
उनी २०८२ भदौ २४ गते गौर कारागारबाट GEN-Z आन्दोलनका क्रममा फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा २०८३ साउन ८ गते राति कटहरिया नगरपालिका–७ बगहीबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका माझीलाई बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय गौर, रौतहट बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Comments