Skip to content

चन्द्रपुर नगरपालिकाले निकाल्यो छात्रवृत्तिको अन्तिम नतिजा

DSC_0111
प्रकाशित:
शब्दको आकार

रौतहट, १९ असार/ चन्द्रपुर नगरपालिकाले संस्थागत विद्यालयमा प्रदान गरिने छात्रवृत्तिको अन्तिम नतिजा प्रकाशित गरेको छ। ‌ चन्द्रपुर नगरपालिकाको शिक्षा अधिकृत जुना तिमल्सिनाका अनुसार चन्द्रपुर नगरपालिका क्षेत्रभित्र रहेका संस्थागत विद्यालयमा प्रदान गरिने छात्रवृति सम्बन्धमा सो कार्यालयले २०८३ असार ४ गते बिहीबार सिफारिस गरिएकोमा सो सिफारिस उपर उनी गुनासो भए निवेदन पेश गर्न २०८३ असार ११ गतेसम्म म्याद दिएकोमा सरकारवालाहरूबाट विभिन्न माध्यमबाट प्राप्त गुनासोको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बलराम राउतको संयोजकत्वमा गठित कार्यदलले यसअघिकै निर्णयलाई सही मानेर सोहीअनुसार सिफारिस गर्न उपयुक्त हुने प्रतिवेदन पेश गरेकाले नगरपालिकाले केही प्राविधिक त्रुटिहरुलाई सच्याउँदै छात्रवृत्ति पाउने विद्यार्थीहरूको अन्तिम नामावली प्रकाशित गरेको छ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालका अनुसार आफूहरूले यसअघि गरेको छात्रवृत्तिको निर्णयनै नियम संगत भएकाले सोहीअनुसार नतिजा प्रकाशित गरेको बताउनुभयो। "हामीले हामी माझ आएका गुनासोहरूलाई अध्ययन अवलोकन गरेर त्यसमा भएका केही प्राविधिक त्रुटिहरु सच्याएका छौं।" उहाँले भन्नुभयो, 'यसअघिको सिफारिस माथि छानबिन गर्न गठित कार्यदलले पनि कुनै पनि मानवीय त्रुटि जालझेल वा जानाजान गल्ती गरेको नदेखिएको प्रतिवेदन पेश गरेको छ।"

उहाँले यसपालि नगरपालिकाकै इतिहासमा पहिलोपटक परीक्षा लिएर संस्थागत विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूलाई कानुनसम्मत अनिवार्य छात्रवृत्ति वितरण गरिएको र आगामी दिनमा यस वर्ष भएका कमी कमजोरीबाट सिकाई लिँदै शुन्य त्रुटि रहित बनाउन नगरपालिका अग्रसर भएको बताउनुभयो। चन्द्रपुर नगर कार्यपालिकाले बनाएको कार्यदलले पनि आफूहरूले समावेशी सिद्धान्त अनुसार गरिएको छात्रवृत्ति सिफारिसलाईनै सही ठहर गरेको बताउँदै उहाँले आगामी वर्षहरुमा यसलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

"नगरपालिकाले यसअघि गरेको सिफारिसनै समावेशी खुल्ला सिद्धान्तअनुसारनै सही थियो। त्यसमा केही गुनासो आएपछि कार्यपालिकाले कार्यदलनै बनाएर छानबिन गर्यो । तर यसै गरेको सिफारिसमा कुनै पनि यस्ता खाले त्रुटि कार्यदलले फेला पारेन र पहिलेकै सिफारिसलाई सदर गर्यो। हामीले व्यक्ति नहेरेर निष्पक्ष रुपमा परीक्षा लिएर विद्यार्थीको छनौट गरेका छौं। विद्यार्थीको हकहितको लागि चन्द्रपुर नगरपालिका सधैं गम्भीर भएर निष्पक्ष रूपमा लागिरहनेछ।" प्रमुख प्रशासकीय अधिकृत ढकालले प्रतिबद्धता व्यक्त गर्नुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts