रौतहट, १३ जेठ / आज बिहान ११ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ को बसको ठक्करबाट चन्द्रनिगाहपुरबाट बागमतीतर्फ जाँदै गरेको ना२५प नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतक चन्द्रपुर - १ पौराई बस्ने २६ वर्षिय शेख गुलाम रहेको प्रारम्भिक जानकारी रहेको छ। दुर्घटना जुडिबेलाबाट करिब १ किलोमिटर पूर्वमा रहेको र घटना बारेमा थप अनुसन्धानका भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जनाएको छ।
Comments