Skip to content

जेसीज कप–२०८३ को उपाधि जनता मावि कटहरियालाई

FB_IMG_1789612919711
प्रकाशित:
शब्दको आकार

चन्द्रपुर, ३१ भाद्र/ रौतहटको चन्द्रनिगाहपुरमा चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा कोटिहोम क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट प्रतियोगिता ‘जेसीज कप–२०८३’ को उपाधि जनता माध्यमिक विद्यालय कटहरियाले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा जनता मावि कटहरियाले मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरलाई ७४ रनले पराजित गर्दै उपाधि हात पारेको हो।

टस जितेर ब्याटिङको निम्तो पाएको जनता मावि कटहरियाले निर्धारित १८ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो। जनता माविका लागि मनोज बैठाले २७ बलमा ४७ रन तथा विकेक यादवले ३९ बलमा ४१ रनको योगदान दिए। मुनलाइट एकेडेमीका मो. साजिदले ३ ओभरमा १८ रन खर्चेर ४ विकेट तथा कौशल राज पटेलले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए।

1000390825

१४७ रनको लक्ष्य पछ्याएको मुनलाइट एकेडेमीले १८ ओभरमा ७२ रनमै सबै विकेट गुमाएपछि जनता मावि ७४ रनले विजयी भएको हो। मुनलाइटका लागि आयुष पटेलले १२ बलमा १६ रन तथा मो. साजिदले १६ बलमा १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।जनता माविका लागि शिवचन्द्र कुशवाहाले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट तथा राहुल यादवले ९ रन खर्चेर ३ विकेट लिए। प्रतियोगिताको म्यान अफ द म्याच जनता माविका शिवचन्द्र कुशवाहा घोषित भए।

1000390826

प्रतियोगितामा मावि कनकपुरका अमित कुमार सोनी प्लेयर अफ द टुर्नामेन्ट, जनता माविका मनोज बैठा उत्कृष्ट ब्याट्सम्यान र जनता माविकै समिर अन्सारी उत्कृष्ट बलर घोषित भएको चन्द्रपुर क्रिकेट एकेडेमीका संस्थापक देवराज कार्कीले जानकारी दिए।उपाधि विजेता जनता मावि कटहरियाले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता मुनलाइट एकेडेमीले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।

1000390827

विजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइसेन्सका सञ्चालक तथा प्रिन्सिपल पुरनबहादुर जोशीले ट्रफी हस्तान्तरण गरेका थिए।प्रमुख अतिथि जोशीले विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान र विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

1000390823

चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष देवराज न्यौपानेले यस्ता प्रतियोगिताले ग्रासरुट तहदेखि नै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए। आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिँदै खेलकुदको विकासमा योगदान गर्ने उनको भनाइ छ।

त्यस्तै, चन्द्रनिगाहपुर सिटी जेसीजका उपाध्यक्ष विकिज घिमिरेले प्रतियोगिता निकै राम्रो र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको बताए। यस्ता प्रतियोगिताले समग्र क्रिकेटको विकाससँगै नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 54 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts