Skip to content

होली मिलनसँगै चुनावी सरगर्मी : गढीमाई–१ समनपुरमा एमालेको भव्य घरदैलो कार्यक्रम

FB_IMG_1772153528341
प्रकाशित:
शब्दको आकार

रौतहट, १५ फागुन / नेपाल कम्युनिस्ट पार्टी (एमाले) रौतहटको आयोजनामा गढीमाई नगरपालिका–१ समनपुरमा भव्य रूपमा होली मिलन समारोह तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा हिन्दुधर्मावलम्बीहरूको महान पर्व होलीको अवसर पारेर आयोजित उक्त कार्यक्रमले समनपुरसहित आसपासका क्षेत्रमा चुनावी माहोललाई थप तातो बनाएको छ।कार्यक्रममा नेकपा एमालेका नेता दिपेन्द्र कुमार साह (दिपु)को सञ्चालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण मतदाताको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले एकआपसमा अबिर लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्धव रेग्मीले विगतमा भएका कमी–कमजोरीलाई आत्मसात गर्दै अब देश र क्षेत्रको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले राजनीतिक स्थायित्व, विकास निर्माण र सुशासनका लागि एमालेको नेतृत्व आवश्यक रहेको दाबी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार रामजी साहलाई सूर्य छाप चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो।

उम्मेदवार साहले जनताका आधारभूत आवश्यकता पूरा गर्न, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाले अनुसार निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई समग्र क्षेत्रको भविष्य निर्धारण गर्ने अवसर पनि भ‌एकाले भावना मात्र बहकिएर मतदान नगर्न मतदाताहरुसँग आग्रह गर्नुभयो। मतदाताहरू सचेत र जिम्मेवार भएर आफ्नो अमूल्य मत प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो।कार्यक्रमका अन्य वक्ताहरूले पनि पार्टीभित्रको एकता, अनुशासन र संगठन सुदृढीकरणमा जोड दिएका थिए। उनीहरूले घरदैलो कार्यक्रममार्फत जनताको सुझाव, गुनासा र अपेक्षा संकलन गरिएको बताउँदै ती विषयलाई आगामी कार्ययोजनामा समेटिने आश्वासन दिएका थिए।

समारोहपछि नेताहरू र कार्यकर्ताहरूले समनपुर क्षेत्रका विभिन्न टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेका थिए। घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको प्रतिबद्धताबारे जानकारी गराइएको थियो। स्थानीयवासीहरूले पनि विकास निर्माण, रोजगारी सिर्जना, सडक तथा सिंचाइ व्यवस्थापन जस्ता विषयमा आफ्ना धारणा राखेका थिए।

होली पर्वको उत्साहसँगै सम्पन्न उक्त कार्यक्रमले निर्वाचन केन्द्रित गतिविधिलाई थप तीव्र बनाएको स्थानीयवासीको भनाइ छ। आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरूले आफ्नो अभियानलाई सक्रिय बनाइरहेका बेला एमालेको यो कार्यक्रमले क्षेत्रीय राजनीतिक गतिविधिलाई थप चलायमान बनाएको देखिएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts