Skip to content

राजपुरको संकाष्पद वस्तु बम नभएको पुष्टि, सेनाद्धारा निष्क्रिय

dispose
प्रकाशित:
शब्दको आकार



रौतहट, १८ फागुन — जिल्ला रौतहटको राजपुर नगरपालिका–५ पानी टंकीस्थित राजपुरबाट अकोलवा जाने भित्री पक्की सडक खण्डको बीच भागमा शंकास्पद वस्तु फेला परेको छ । आज बिहान साढे १ बजेतिर फलामको ड्रमभित्र पहेँलो रंगको प्लास्टिकको बोरामा संकास्पद वस्तु जस्तो देखिएपछि स्थानीयवासी त्रसित बनेका थिए । सो बारेमा स्थानियलले प्रहरीलाई जानकारी गराएपश्चात संयुक्त सुरक्षा फौजले उक्त क्षेत्रमा कर्डन गरी आवतजावत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणको सुरक्षाका लागि सडक खण्ड केही समयका लागि बन्द गरिएको थियो ।
सो संकाष्पद वस्तुलाई आज बिहान १० बजेतिर नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर शंकास्पद वस्तु निष्क्रिय पारेको थियो । जाँचका क्रममा उक्त बोराभित्र कुनै पनि विस्फोटक पदार्थ नभई माटो मात्र रहेको पुष्टि भएको छ । सेनाले उक्त घटनालाई ‘होअक्स’ (नक्कली त्रास सिर्जना गर्ने उद्देश्यले राखिएको वस्तु) भएको जनाएको छ ।
नारायणदल गणले हरेक निर्वाचन क्षेत्रमा एक–एक बम डिस्पोजल टोली तथा राजमार्ग सुरक्षाका लागि समेत अतिरिक्त टोली तैनाथ गरेको जनाएको छ । गणका अनुसार कुनै पनि स्थानमा शंकास्पद वस्तु फेला परेको अवस्थामा १० देखि ३० मिनेटभित्र घटनास्थलमा पुगेर आवश्यक कारबाही गर्ने क्षमता टोलीसँग रहेको छ ।
घटनापछि स्थानीय प्रशासनले सर्वसाधारणलाई अनावश्यक हल्ला नफैलाउन र कुनै पनि शंकास्पद वस्तु देखिएमा तुरुन्तै सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ । घटनापछि क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाइएको छ ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts