चन्द्रपुर , १९ फागुन/ जिल्लाको चन्द्रपुर-५, रजपैडा- थलहीटोल जाने मार्गमा फेला परेको शंकास्पद बस्तु मंगलबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ । शंकास्पद बस्तुका कारण मानिसमा त्रास फैलिएको थियो । राजपैडास्थित आधुनिक प्रावि स्कुलबाट करिब २ सय मिटर दक्षिणमा बोराभित्र शंकास्पद बस्तु राखिएको अवस्थामा फेला परेको थियो ।
गएराती ८ बजेतिर शंकास्पद वस्तु देखापरेपछि नेपाली सेना सहितको संयुक्त सुरक्षा फौजले रातभर उक्त इलाका कर्डन गरिएको थियो । बिहान साढे ७ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निष्क्रिय पारेको जनाएको छ । उक्त बस्तु बम नभएको र बोरामा माटो मात्र पाइएको नेपाली सेनाको नारायणदल गणले जनाएको छ ।
Comments