रौतहट,४ फागुन । रौतहटको चन्द्रपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन्। प'क्राउ पर्नेहरूमा चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा, उदयपुर गाईघाट घर भई चन्द्रपुर–४ गणेशचोक बस्दै आएकी २३ वर्षीया प्रिया तामाङ, चन्द्रपुर–४ का ३५ वर्षीय राज बलम पाख्रिन मगर र चन्द्रपुर–४ कै २९ वर्षीय प्रशान्त तामाङ रहेका छन्।
प्रहरीले उनीहरूबाट ब्राउन सुगर सेवन तथा तौल गर्ने सामग्री र २४० मिलीग्राम ब्राउन सुगर बरामद गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गले जानकारी दिनुभयो।
अवैध लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ
प्रकाशित:
शब्दको आकार
Comments