Skip to content

बसको ठक्करबाट बालकको मृत्यु भ‌एपछि स्थानीय आन्दोलित

20260308_145413
प्रकाशित:
शब्दको आकार

रौतहट, २४ फागुन/ रौतहटको चन्द्रपुर १ मंगलपुरमा एक बालकको ठक्करबाट मृत्यु भ‌एपछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। पुर्व-पश्चिम राजमार्गको बागमतीपुलमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना ५ ख ६२६३ नम्बर को बसले सोही दिशा तर्फ जादै गरेको साईकल यात्री चन्द्रपुर नगरपालिका १ मंगलपुर बस्ने १३ वर्षिय कृष्ण सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो। बायाँ खुट्टाको तिघ्रामा, टाउकोमा चोट लागि उपचारको लागि बिरगंज तर्फ पठाएको उनको उपचारको क्रममा मृत्यु भएको थियो।

मृत्युपछि आफन्त तथा स्थानीयले उचित क्षतिपूर्ति तथा दोषी उपर कारबाहीको माग गर्दै आज बिहानदेखि राजमार्ग अवरुद्ध गरिरहेका छन्। प्रहरीले राजमार्ग खुलाउन प्रयास गरेका सफल भएको छैन् । प्रहरीले बस चालक जिल्ला चितवन भरतपुर उपमहानगरपालिका पाँच बस्ने ४१ वर्षीय सोम बहादुर प्रजा र बसलाई नियन्त्रण गरी कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts