रौतहट, १४ भाद्र/ ग्रामीण विकास केन्द्र (RDC) नेपाल, रौतहटले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराएको छ। Rural Development Centre Nepal ले Oxfam Nepal को सहयोगमा बाढीबाट प्रभावित ५० घरधुरीलाई करिब ६ लाख ५० हजार रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको हो।बाढीबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री, हाइजिन किट, सेल्टर किटलगायत आवश्यक सामग्री वितरण गरिएको RDC नेपालले जनाएको छ। विपद्का कारण प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ।
विपद्को समयमा प्रभावित समुदायलाई थप सहयोग उपलब्ध गराउन RDC नेपालका सम्पूर्ण कर्मचारीहरू एकजुट भएर परिचालित भएका छन्। प्रभावित परिवारसम्म आवश्यक सहयोग पुर्याउन थप स्रोत जुटाउने प्रयास भइरहेको संस्थाले जनाएको छ।RDC नेपालका कार्यकारी निर्देशक आशिस कुमार सिंहले आगामी दिनमा प्रभावित परिवारका लागि थप सहयोग जुटाउन अन्य दाता तथा साझेदार संस्थाहरूसँग समन्वय र सहकार्यका लागि पहल भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउनु साझा दायित्व भएकाले संस्थाले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको छ।यसैबीच, RDC नेपालले कर्मचारी तथा अन्य सहयोगी स्रोतबाट थप सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता समेत जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधनसँगै आगामी दिनमा पनि राहत, पुनःस्थापना तथा आवश्यक सहयोगका कार्यक्रम सञ्चालन गर्न साझेदार तथा दाता संस्थासँग सहकार्यलाई निरन्तरता दिने RDC नेपालले जनाएको छ।
Comments