Skip to content

सद्भाव र्याली पछि सामान्य बन्दै गौरको जनजीवन

sadvav rallay (2)
प्रकाशित:
शब्दको आकार


रौतहट, ११ फागुन / केही दिनदेखि अशान्त रहेको रौतहट जिल्ला सदरमुकाम गौर र आसपासका क्षेत्रहरुको जनजीवन बिस्तारै सामान्य बन्दै गइरहेको छ । हिन्दु मुस्लिम समुदायको विवाद उग्र रुप लिदाँ सो क्षेत्रमा तनावपूर्ण वातावरण बनेको थियो । स्थितिलाई सामान्यकरण गर्न सोमबार बिहान नागरिक समाजको अगुवाइमा झडप भएको स्थान गौर–६ सबगढामा शान्ति सद्भाव र्याली निकालिएको छ । सबगढाको मुख्य सडकबाट सुरु भएको र्यालीले प्रभावित गाउँ परिक्रमा गरेको थियो । र्यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, स्थानीय, प्रशासन, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो। ¥यालीमा सहभागीहरुले आपसी सद्भाव र सहयोग कायम राख्दै एक–अर्कामा आदर–सम्मान गर्नेमा जोड दिएका थिए। उनीहरुले यस्ता खाले घटना कहिले घटना अब उप्रान्त घट्न नदिन सबै पक्ष संयमित हुनुपर्ने बताए । ¥यालीमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार अजय कुमार गुप्ताले समाजमा सबै जातजाती , धर्म, संस्कृतिका मानिसहरु मिलेर बस्नुपर्नेमा जोड दिदैं यस्ताखाले दुःखद् घटना फेरि दोहोरिन नहुने बताउनुभयो ।

फागुन ७ गते बिहीबार सबगढा गाउँमा मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बिहेमा बाजा बजाएको भन्दै सुरु भएको विवाद बढेपछि दुबै पक्षबीच ढुंगा हानाहान भएको थियो । सत्य नारायण साहको छोरीको विवाहको जन्ती रौतहटको बौधिमाई नगरपालिका ९ सरमुजवाबाट गौर नगरपालिका ६ सवगढामा आउने क्रममा मस्जिद अगाडी बाजा बजाएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्ष बिच वाद विवाद भई ढुङ्गा हानाहान ६ जना मानिसहरु घाईते भएपछि झडपले उग्र रुप लिएको थियो । झडपको क्रममा दुबै समुदायका मानिसहरुले एक आपसमा ढुंगामुढा प्रहार गरेका थिए । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालको नेतृत्वमा बसेको सर्वपक्षिय बैठकमा अब आइन्दा यस्तो घटना नदोहोराउने सहमति भएपनि शनिबार पुनः झडप सुरु भएको थियो ।

शनिबार बिहान सवा बजेदेखि दुई पक्षबीच ४–५ सय मानिसहरू भेला जम्मा भइ विवाद बढेर झडप हुँदा स्थिति नियन्त्रण लिन प्रहरी १२ थान ब्ल्याङ्क राउण्ड र ४० थान अश्रुग्यास समेत प्रयोग थिाये भने प्रदर्शनकारीहरुले ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी गरेका थिए । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले कफ्र्यू र सेना परिचालन गरेको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको गाउँका अगुवाहरुको बैठकले झडप रोकेर सद्भाव ¥याली गर्ने सहमती गरेका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले ३ दिनदेखि लागेको कफ्र्यु सोमबार बिहान ६ बजेदेखि हटाएको छ । सद्भाव ¥यालीसँगै कफ्र्यू हटेपछि गौर आसपासको जनजीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नितान्त व्यक्तिगत झगडालाई केही व्यक्तिहरूले आफ्नो स्वार्थ पुरा गर्नका लागि हिन्दु मुस्लिम द्वन्दमा लगेको तर आफूहरुले सम्यमता अपनाएर यसको समाधान गरेको बताउनुहुन्छ । ‘व्यक्तिगत विवादलाई धर्ममा लैजानु गलत हो । यसले समाजलाई द्धन्दमा लैजान्छ । कसैले धर्मको नाममा आफ्नो स्वार्थको रोटी सेक्नु हुँदैन् । हामी यस्ता खाले घटनालाई फेरि पनि दोहोरिन नदिन सजक भएका छौं ।’ उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक द्वन्द भड्काएको र हिंसालाई बढावा दिएको भन्दै २३ जना लाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यस्ता खाले सामाजिक सद्भाव भड्काउने जो कोहीलाई पनि कडा कारबाही गर्ने नीति प्रहरीले लिएको छ । जातीय तथा धार्मिक हिंसा भड्काउने अन्य व्यक्तिहरुलाई खोजीखोजी कारबाही गर्ने प्रहरीले तयारी गरिरहेको छ । ‘हामीले घटनाको भिडियो र सिसिटिभी फुटेजहरु हेरेर दोषीहरु पक्राउ गरिरहेका छन् । समाजमा धार्मिक द्धन्द फैलाउने जो कोही भएपनि हामी कानुनी कारवाहीको दायरामा ल्याउँछौं । यसमा हामी निकै कठोर भएका छौं ।’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले बताउनुभयो ।
जिल्लामा बेलाबेलामा देखिरहने यस्ता खाले समस्याहरुको समाधान गर्न सबै पक्षहरु गम्भिर भएर लाग्नूपर्ने सरोकारवालाहरुले जोड दिनुभएको छ ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts