Skip to content

ट्राफिक सप्ताह २०८३ को समापनमा चन्द्रनिगाहपुरमा दीप प्रज्वलन

IMG-20260623-WA0058
प्रकाशित:
शब्दको आकार

चन्द्रनिगाहपुर, ९ असार / जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा सञ्चालन भएको ट्राफिक सप्ताह २०८३ को अन्तिम दिन चन्द्रनिगाहपुर चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

सडक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना तथा दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित दीप प्रज्वलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिनुभयो।

कार्यक्रममा ट्राफिक प्रहरी, नेपाल प्रहरीका कर्मचारीहरूको सहभागिता रहेको थियो। दीप प्रज्वलन गर्दै सडक सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्ने र दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो।

ट्राफिक सप्ताह २०८३ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। सवारी चालक तथा यात्रुलाई ट्राफिक नियम पालना गर्न प्रेरित गर्ने उद्देश्यले जनचेतनामूलक र्‍याली, चालकसँग अन्तरक्रिया, सडक सुरक्षा सम्बन्धी जानकारी प्रदान गर्ने लगायतका कार्यक्रमहरू आयोजना गरिएको थियो।

प्रहरी निरीक्षक थापा मगरका अनुसार ट्राफिक नियमको पालना, सवारी साधनको उचित प्रयोग र सडक अनुशासन कायम गर्न सके दुर्घटनामा कमी ल्याउन सकिने बताउनुभयो। उहाँले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले चालक, यात्रु र पैदलयात्री सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो।जिल्ला ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा पनि सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि नियमित रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts