Skip to content

रौतहट जिल्ला अदालतका सिंह घुसकाण्डमा दोषी ठहर

35add427c3787b89c269f36a52bb5465
प्रकाशित:
शब्दको आकार

रौतहट, २९ असार/ रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले सिंहलाई एक महिना कैद सजायसँगै ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार उक्त फैसला सुनाएको हो।सिंहले रोक्का रहेको जग्गा फुकुवा गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत चैत १७ गते रंगेहात पक्राउ गरेको थियो।

घटनापछि अख्तियारले आवश्यक अनुसन्धान पूरा गरी वैशाख २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

मुद्दामाथिको सुनुवाइपछि विशेष अदालतले अख्तियारले पेश गरेको प्रमाणका आधारमा सिंहलाई दोषी ठहर गर्दै एक महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts